क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो

क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो : Icon Khabar

काठमाडौं, फागुन ६ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना सवार एउटा विमान दुर्घटनामा परेको छ। विमान अवतरण गर्ने समयमा पल्टिएको हो । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमानमा ८० जना सवार थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूमा एक बालक र दुई वयस्क पनि छन् । विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो । अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकाले विमान पल्टिएको जनाइएको छ ।

एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको थियो । विमान दुर्घटना हुनुको कारण अझै थाहा हुन सकेको छैन । क्यानडाकी यातायात मन्त्रीले यो ‘गम्भीर घटना’ मा नजर राखेको बताइन् । केही समयअघि फ्लाइट रडार २४ ले टोरन्टो पियर्सन विमानस्थलबाट लगभग २६ उडानहरू डाइभर्ट गरिएको कुरा एक्समा लेखेको थियो । डेल्टा एयर लाइन्सका सीईओ डेबोरा फ्लिन्टले कुनै पनि यात्रु गम्भीर घाइते भएको बारेमा आफूलाई थाहा नभएको बताए । जबकि, स्थानीयस्तरमा चिकित्सा सहायतामा संलग्न टोलीले तीन जना गम्भीर घाइते भएको बताएको छ । -एजेन्सी

Published Date: 18 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु