क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो

क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो : Icon Khabar

काठमाडौं, फागुन ६ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना सवार एउटा विमान दुर्घटनामा परेको छ। विमान अवतरण गर्ने समयमा पल्टिएको हो । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । विमानमा ८० जना सवार थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीन जना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूमा एक बालक र दुई वयस्क पनि छन् । विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो । अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकाले विमान पल्टिएको जनाइएको छ ।

एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको थियो । विमान दुर्घटना हुनुको कारण अझै थाहा हुन सकेको छैन । क्यानडाकी यातायात मन्त्रीले यो ‘गम्भीर घटना’ मा नजर राखेको बताइन् । केही समयअघि फ्लाइट रडार २४ ले टोरन्टो पियर्सन विमानस्थलबाट लगभग २६ उडानहरू डाइभर्ट गरिएको कुरा एक्समा लेखेको थियो । डेल्टा एयर लाइन्सका सीईओ डेबोरा फ्लिन्टले कुनै पनि यात्रु गम्भीर घाइते भएको बारेमा आफूलाई थाहा नभएको बताए । जबकि, स्थानीयस्तरमा चिकित्सा सहायतामा संलग्न टोलीले तीन जना गम्भीर घाइते भएको बताएको छ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 18 February 2025
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने