भक्तपुर, फागुन ४ । भक्तपुरको राममन्दिर —४, भुलाँचास्थित मिनर्वा इङ्गलिस स्कुलमा अभिभावक अभिमुखिकरण तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयका इन्चार्ज राजु किसिजुद्वारा संचालन गरेको सो कार्यक्रममा एक अभिभावकले आफ्नो सन्तानका लागि कस्तो खालको भूमिका खेल्नुपर्छ तथा दायित्व के हो ? भन्ने जानकारी दिने उद्देश्यले गरेको बताए।
विद्यालयका विभिन्न गतिविधि संगै स्वागत मन्तव्य ब्यक्तबाट प्रिन्सिपल राजेन्द्र दुवालले सम्बोधन गर्दै प्रिन्सिपल दुवालले विद्यालयका भावि कार्यक्रम तथा विद्यालयले प्राप्त गरेका विभिन्न सफलताका विषयमा जानकारी दिए। त्यस लगतै प्रितम पौडेलले सो कार्यक्रममा लाई अघि बढाएका थिए।
वरिष्ठ स्वास्थ्यकर्मी डा विनोद डंगालले सो कार्यक्रममा बालबालिकाको आहार विहारको बारे जानकारी दिनुका साथै विद्यार्थीले सांस्कृतिक प्रस्तुति दिएका थिए। उक्त कार्यक्रममा कक्षा एक देखि चार सम्मका विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति रहेको थियो।
Published Date: 15 February 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1