सत्तापक्षीय दलको बैठक बस्दै

सत्तापक्षीय दलको बैठक बस्दै : Icon Khabar

काठमाडौँ, फागुन ४ ।  सत्तापक्षीय गठबन्धनको बैठक आज (शनिबार) बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । यसअघि हिजो साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो ।

बैठकमा संसदबाट अध्यादेश पारित गर्ने, टीआरसीको काम अगाडि बढाउने र संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा पनि छलफल हुनेछ। अहिले सत्ता घटकका लोसपा र जसपा नेपालले अध्यादेशको विपक्षमा अभिव्यक्ति दिएपनि विकल्प बनाएर भएपनि पारित गर्ने कांग्रेस–एमालेको तयारी छ। यता अध्यादेशको लागि माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई मनाउने प्रयासमा पनि कांग्रेस लागेको छ ।राष्ट्रियसभामा एकीकृत समाजवादीको ८ सांसद छन् ।

कांग्रेस र एमालेको सरकारलाई जसपा नेपालको निर्णय अध्यादेश पारित गर्न सकस भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको १६, एमालेको १० मात्रै सांसद छन् । सभापति देउवाले नै अध्यादेश ल्याउने ओलीको प्रयासलाई रोकेको भन्दै अध्यादेशमा नेपाललाई सहमत गराउने प्रयासमा लागेका छन् । कांग्रेस एकीकृत समाजवादीसँग छलफल थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने