सत्तापक्षीय दलको बैठक बस्दै

सत्तापक्षीय दलको बैठक बस्दै : Icon Khabar

काठमाडौँ, फागुन ४ ।  सत्तापक्षीय गठबन्धनको बैठक आज (शनिबार) बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । यसअघि हिजो साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भएको थियो ।

बैठकमा संसदबाट अध्यादेश पारित गर्ने, टीआरसीको काम अगाडि बढाउने र संविधान संशोधनका लागि कार्यदल बनाउने विषयमा पनि छलफल हुनेछ। अहिले सत्ता घटकका लोसपा र जसपा नेपालले अध्यादेशको विपक्षमा अभिव्यक्ति दिएपनि विकल्प बनाएर भएपनि पारित गर्ने कांग्रेस–एमालेको तयारी छ। यता अध्यादेशको लागि माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीलाई मनाउने प्रयासमा पनि कांग्रेस लागेको छ ।राष्ट्रियसभामा एकीकृत समाजवादीको ८ सांसद छन् ।

कांग्रेस र एमालेको सरकारलाई जसपा नेपालको निर्णय अध्यादेश पारित गर्न सकस भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको १६, एमालेको १० मात्रै सांसद छन् । सभापति देउवाले नै अध्यादेश ल्याउने ओलीको प्रयासलाई रोकेको भन्दै अध्यादेशमा नेपाललाई सहमत गराउने प्रयासमा लागेका छन् । कांग्रेस एकीकृत समाजवादीसँग छलफल थालेको छ ।

Published Date: 15 February 2025


ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख २३ गते बुधबार
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न