मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो गीत सार्वजनिक

मेयरमा निर्वाचित भएपछि बालेनको पहिलो गीत सार्वजनिक : Icon Khabar

काठमाडौं, माघ २८ । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ का लागि र्यापर बालेन साहले एउटा नयाँ गीत गाएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यो उनको पहिलो रेकर्डेड गीत हो । बालेनको स्वरमा रेकर्ड भएको ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ बोलको गीत सोमवार दिउँसो सार्वजनिक हुँदैछ ।

महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम्’ को टीमले उक्त गीत आज सार्वजनिक गर्ने घोषणा गरेका छन् । ‘नेपाल हासेको’ गीत आज दिउँसो ३ः१५ बजे सार्वजनिक हुनेछ ।

उक्त गीत सार्वजनिक हुने कुराको जानकारी दिँदै फिल्मका कलाकारहरुले सार्वजनिक गरेको पोस्टरमा मेयर बालेन कुर्सीमा बसेका छन् भने उनको पछाडि फिल्मका मुख्य कलाकारहरु अर्जुन घिमिरे, सागर लम्साल, गजित विष्ट, हरिष निरौला आदिलाई दौरा–सुरुवाल तथा ढाका टोपीसहितको राष्ट्रिय पहिरनमा देख्न सकिन्छ ।

उक्त गीतमा बालनकै शब्द, संगीत तथा र्याप रहेको छ । गीतमा किरण नेपाली सारङ्गी वादन छ । यो गीतको भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ । कुमार कट्टेलद्वारा निर्देशित फिल्म ‘लाज शरणम्’ को केही दिनअघि सार्वजनिक भएको ‘हेर्दा हेर्दैमा’ दर्शक तथा स्रोताले मन पराएका छन् ।

नविन श्रेष्ठद्वारा निर्मित फिल्म ‘लाज शरणम्’ को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धुर्मुस’ छन् । यो फिल्ममा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

Published Date: 10 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी