खानेपानी मन्त्री यादवद्वारा नयाँ कार्यकक्षबाट काम सुरू

खानेपानी मन्त्री यादवद्वारा नयाँ कार्यकक्षबाट काम सुरू : Icon Khabar

काठमाडौँ, माघ २७ । खानेपानी मन्त्री प्रदीप यादवले नयाँ कार्यकक्षबाट काम सुरू गरेका छन्। सिंहदरबारस्थित खानेपानी मन्त्रालयको चौथो तलामा रहेको उनको कार्यकक्षमा शनिबार आगलागी भएको थियो।

मन्त्री यादवका अनुसार आइतबारदेखि मन्त्रालयको तेस्रो तलाको कोठा नम्बर ४०७ बाट काम सुरू भएको छ। बिजुली सर्ट भई मन्त्री यादवको कार्यकक्ष आगलागी भएको थियो।

‘देश र जनतालाई दैनिक सेवा प्रवाह गर्नका लागि आजबाट मैले मन्त्रालयको तेस्रो तलाको कोठा नम्बर ४०७ बाट नयाँ कार्यकक्ष अस्थायी रूपमा स्थापना गरी नियमित सेवा कार्य प्रारम्भ गरेको छु,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2025
Website | + posts