खानेपानी मन्त्री यादवद्वारा नयाँ कार्यकक्षबाट काम सुरू

खानेपानी मन्त्री यादवद्वारा नयाँ कार्यकक्षबाट काम सुरू : Icon Khabar

काठमाडौँ, माघ २७ । खानेपानी मन्त्री प्रदीप यादवले नयाँ कार्यकक्षबाट काम सुरू गरेका छन्। सिंहदरबारस्थित खानेपानी मन्त्रालयको चौथो तलामा रहेको उनको कार्यकक्षमा शनिबार आगलागी भएको थियो।

मन्त्री यादवका अनुसार आइतबारदेखि मन्त्रालयको तेस्रो तलाको कोठा नम्बर ४०७ बाट काम सुरू भएको छ। बिजुली सर्ट भई मन्त्री यादवको कार्यकक्ष आगलागी भएको थियो।

‘देश र जनतालाई दैनिक सेवा प्रवाह गर्नका लागि आजबाट मैले मन्त्रालयको तेस्रो तलाको कोठा नम्बर ४०७ बाट नयाँ कार्यकक्ष अस्थायी रूपमा स्थापना गरी नियमित सेवा कार्य प्रारम्भ गरेको छु,’ उनले भने।

Published Date: 09 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु