आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २७ । आज घरेलु बजारमा सुनको मूल्यमा सामान्य बढेको छ । गत शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम थियो । सुनको मूल्य बढेतापनि चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2025
Website | + posts