२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला

२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको आवेदन खुला : Icon Khabar

काठमाडौँ, माघ २४ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ । २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको हो ।

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।

वार्षिक प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह र स्नातकोत्तर तहको मौका परीक्षाको फाराम खुला गरेको हो । त्यसका लागि माघ २४ गतेदेखि फागुन २३ गतेसम्म नियमित दस्तुर बुझाएर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भर्न भनेको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एक पटक मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको अवसर दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
39
+1
3
+1
5
+1
3
+1
1
Published Date: 06 February 2025
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ