आफ्नो मुड सुधार्ने ६ उपाय

आफ्नो मुड सुधार्ने ६ उपाय : Icon Khabar

काठमाडौँ, माघ २८ । हामी धेरै समय चिन्तामा गुज्रिरहेका हुन्छौँ । हामीलाई सधैँ खुसी रहन विभिन्न खालका चुनौतीले बाधा पुर्याइरहेको हुन्छ । सोही कारण चाहेर पनि खुसी हुन सकिँदैन । यसले गर्दा शारीरिक, मानसिक र भावनात्मक रूपमा अस्वस्थ भइरहेका हुन्छौँ ।

त्यसो भए निरन्तर खुसी रहन के गर्ने त ? अथवा मुड फ्रेस गराउन के गर्ने त ? आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि तनावलाई व्यवस्थापन गर्दै यसरी आफ्नो मुड फ्रेस गराउन सक्नुहुन्छ :

गुलावको सुगन्ध: दैनिक गुलावको फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ। एक सातासम्म गुलावको ताजा फुल टिप्ने गाँउलेहरु निकै ऊर्जाशिल र चिन्तामुक्त भएको हावर्डको एक रिसर्चले देखाएको छ।

बुद्धिमानीपूर्वक खर्च: सन् २०१४ मा गरिएको एक अध्ययनमा जीवनभरसम्म स्मरण हुने सातामा एक पटक गरिने यात्राले भौतिक सुःखका लागि सामग्री किनमेल गर्दा हुने खुसीलाई बिर्साइदिने सान फ्रान्सिस्को स्टेट युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले देखाएका छन्।

भिटामिन डी: भिटामिन डीयुक्त खानेकुराको नियमित सेवनले तनाबबाट मुक्ती मिल्छ। सन् २०१२ मा १२ सय बढी मानिसहरुमा गरिएको एक अध्ययनमा भिटामिन डीको मात्रा कम हुनेमा डिप्रेसनको बढी खतरा देखिएको खुलासा भएको थियो।

नियमित काम: २० वर्षदेखि ४० वर्षको उमेरमा सातामा तीन पटकसम्म पसिना आउने गरी काम गरेमा पनि १६ प्रतिशत डिप्रेसन घट्ने गत वर्ष जेएएमए साइक्याट्रियाले खुलासा गरेको अध्ययनमा उल्लेख छ।

फेसबुकबाट मुक्त: फेसबुकमा रहने मानिस पनि डिप्रेसनको रोगी हुने भएको, खुसी र सन्तुष्टिमा कटौती भएकोले यसबाट बहिर्गमन भएमा निराशबाट मुक्ति पाउन सकिने युनिर्भसिटी अफ मिचिगनले देखाएको छ।

निरन्तर ध्यान: दैनिक १ घन्टासम्म नियमित ध्यान गर्ने मानिस चिन्ता र निराशाबाट मुक्त हुने जोन्स हप्किन्सको अनुसन्धानमा उल्लेख छ।

Published Date: 11 February 2023


ताजा
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित
सोमबार नेप्से परिसूचक १.४६ अंकले घट्यो
असार ८ गतेसम्म देशभर जम्मा ४.२ प्रतिशतमात्रै धान रोपाइँ, बागमतीमा ३.२ प्रतिशत मात्रै


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी