सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज : Icon Khabar

काठमाडौं, माघ १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा गत बुधबार शल्यक्रिया भएको थियो ।

अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो । लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको थियो ।

शल्यक्रियापछि उनी अस्पतालमा स्वास्थ्यलाभ गर्दै आएका थिए । ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 January 2025
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने