सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज

सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज : Icon Khabar

काठमाडौं, माघ १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा गत बुधबार शल्यक्रिया भएको थियो ।

अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो । लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको थियो ।

शल्यक्रियापछि उनी अस्पतालमा स्वास्थ्यलाभ गर्दै आएका थिए । ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 27 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु