वीरगंजमा भन्सार छलेर ल्याएको रू ५० लाख बराबारको सामान बरामद

वीरगंजमा भन्सार छलेर ल्याएको रू ५० लाख बराबारको सामान बरामद : Icon Khabar

काठमाडौं, माघ १४ । भन्सार छलेर नेपाल ल्याई अवैध रुपले गोदाम गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपियाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामानहरु सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले माघ १४ गते छापा मारेर बरामद गरेको छ ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित दुईवटा पक्की घरको भुई तलामा अवैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बा र बीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लिखित सामानहरु बरामद गरेको हो ।

गोदाम गरी राखिएको सामान सीमा ईलाकाबाट करीब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपियाँ बराबरको लत्ताकपडा र एक लाख २१ हजार ५ सय रुपियाँ बराबरको हार्डवेयरको सामानहरु रहेको छ ।

बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको भन्सार कार्यालय वीरगंज पर्सामा बुझाइएको जानकारी सशस्त्र प्रहरीको सूचना केन्द्रले दिएको छ ।

Published Date: 27 January 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी