काठमाडौँमा सवारीसधान प्रदूषण परीक्षण गर्दा भेटियो ६० प्रतिशत प्रदूषित

काठमाडौँमा सवारीसधान प्रदूषण परीक्षण गर्दा भेटियो ६० प्रतिशत प्रदूषित : Icon Khabar

काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाले सवारीसधान प्रदूषण परीक्षण गर्दा ६० प्रतिशत प्रदूषित भेटिएको छ ।

महानगरले २ सय ९२ वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ सय ७४ अर्थात् ६० प्रतिशत प्रदूषण फेल भएका भेटिएका हुन् । तीमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २ सय २१ मध्ये १ सय ६० फेल छन् ।

सवारीसाधनबाट वायु प्रदूषणमा पर्ने असर घटाउन महानगरले परीक्षण गरिरहेको छ । यस क्रममा फेल भएका सवारीलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको महानगरले जनाएको छ ।

Published Date: 24 January 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु