काठमाडौं, माघ ९ । बुधबार नेप्से सूचक ५२.३६ विन्दुले बढेर २६६५.४५ अंकमा आइपुगेको छ ।
आज ९ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । सबै समूहका सूचक बढेका छन् । अन्य समूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ ।
आज ३ सय २२ कम्पनीको १ करोड ७६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६१ करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्सुरेन्स परेका छन् ।
Published Date: 22 January 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1