वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो, ६ महिनामा ३ लाख ९३ हजार ६७ जना गए विदेश

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्यो, ६ महिनामा ३ लाख ९३ हजार ६७ जना गए विदेश : Icon Khabar

काठमाडौं, माघ ६ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ३ लाख ९३ हजार ६७ पुगेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको भन्दा १५.४९ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट ३ लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार २०६१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।

Published Date: 19 January 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली