काठमाडौं, माघ ६ । आइतबार नेप्से परिसूचक १२.५८ विन्दुले बढेर २६०१.२१ अंकमा आएको छ ।
आज कारोबार रकम पनि ६ अर्ब २५ करोड माथि पुगेको छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
२६ करोड ८५ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपरमादी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
३ सय २५ कम्पनीको १ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
Published Date: 19 January 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1