काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाइने

काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाइने : Icon Khabar

काठमाडौँ, माघ ३ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउने भएको छ । बिहीबार काठमाडौँमा ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट्रेड युनियनबिच भएको छलफलमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले नो हर्ज प्लिज अभियानलाई पूर्णरुपमा लागू गर्ने बताएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय २०७३ सालमा नो हर्ज प्लिज अभियान सुरु गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । ट्राफिक प्रहरी प्रमुख घिमिरेले जनचेतनामूलक कार्यक्रम गर्दै हर्न बजाउन नपाइने नियमलाई कार्यान्वयन गर्ने बताए । उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न र सेवाग्राहीलाई सहज सेवा दिन यातायात व्यवसायीले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

त्यस्तै यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मुलुकमा सबै क्षेत्रमा सुधार देखिए पनि राज्यले यातायात क्षेत्रको सुधारमा ध्यान दिन नसकेको बताए । भक्तपुरदेखि काठमाडौँसम्म द्रुतबसको सेवा सुरु गरे पनि पूर्वाधारलाई ध्यान दिन नसक्दा द्रुतबस सञ्चालनमा समस्या भएको उनले बताए ।

उनले यातायात क्षेत्रलाई सुधार गर्नका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

Published Date: 16 January 2025
ताजा
मंगलबार नेप्से परिसूचक २४.६३ अंकले घट्यो
भेनेजुएलाको भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
इम्युनिटी पावर बलियो बनाउन गर्मीमा पिउनुस यी पेय पदार्थहरू
काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी