त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना समयावधि थप गर्ने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना समयावधि थप गर्ने : Icon Khabar

काठमाडौँ, माघ २ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना थप गर्ने भएको छ। शिक्षाध्यक्षको कार्यालयले डीनहरूसँग गरेको छलफलपछि भर्ना पुनः थप्ने भएको हो। यो विषयमा कुनै निर्णय नगरेपनि एक हप्ता थप गर्ने विषयमा डीनहरूले सुझाव दिएका हुन्।

सोही आधारमा शिक्षाध्यक्षको कार्यालयले एक हप्ता पुनः भर्ना खोल्ने निष्कर्ष निकालेको हो। शिक्षाध्यक्षको कार्यालयले यश विषयमा चाडै सूचना जारी गर्ने जनाएको छ। शिक्षाध्यक्षको कार्यालयले स्नातक तहको भर्ना रोक्न सबै डीन कार्यालयहरूलाई निर्देशन दिएको थियो। सोही आधारमा डीन कार्यालयले भर्ना प्रकृया रोकेका थिए।

विद्यार्थी भर्ना हुन नपाउदै भर्ना प्रकृया रोकेको भन्दै चौतर्फी विरोध जनाएका थिए। त्यसपछि शिक्षाध्यक्ष प्राडा खड्क केसीले सबै डीनहरूसँग आज छलफल गरेका थिए। छलफलका क्रममा डीनहरूले भर्ना म्याद पुनः खोल्न सुझाव दिएका थिए। ‘हामीहरूले सुझावको क्रममा थप गर्नु राम्रो भनेका छौ। त्यहि आधारमा शिक्षाध्यक्षको कार्यालयले भोलीसम्ममा केही सुचना जारी गर्ला,’ एक डीनले भने।

Published Date: 15 January 2025
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक