विदा हुनुअघि मोन्टी देशाइको ‘ब्याटिङ क्याम्प’, २० खेलाडी छानिए (सूची सहित)

विदा हुनुअघि मोन्टी देशाइको ‘ब्याटिङ क्याम्प’, २० खेलाडी छानिए (सूची सहित) : Icon Khabar

काठमाडौँ, माघ २ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि नौं दिने ‘ब्याटिङ क्याम्प’ चलाउने भएको छ । माघ ४ गते (शुक्रवार)बाट २० जना ब्याटरलाई राखेर क्यानले ब्याटिङ क्याम्प सञ्चालन गर्न लागेको हो ।

ब्याटिङ क्याम्पमा नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाइको प्रत्यक्ष निगरानी रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । क्याम्प कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा चल्ने छ । यसैबीचमा प्रवक्ता लामाले बुधवार एक प्रेस विज्ञप्ति जारी गरेर क्याम्पमा सहभागी हुने २० जना खेलाडीको नाम सार्वजनिक गरेका छन् । पदावधि सकिन लागेका प्रशिक्षक देशाइको सम्भवत यो ‘अन्तिम असाइनमेन्ट’ हो ।

क्यानसँग उनको सम्झौता आगामी फेबु्रअरीमा सकिँदै छ । क्यान सम्झौता नविकरण गर्ने पक्षमा छैन । पदावधि सकिनुअघि उनको खाली समयलाई सदुपयोग गर्ने हेतु ब्याटिङ क्याम्पको अवधारणा बनाइएको क्यान स्रोतले बताएको छ ।

जसमा लोकेश बम, किरण ठगुन्ना, सोनु अन्सारी, अभिषेक तिवारी, सन्तोष यादव, उत्तम रंगु थापा मगर, शुभ कंशाकार, सन्तोष कार्की, अंकित सुवेदी, त्रितराज दास, सुजन थपलिया, रित गौतम, सोहेल कुमार, विपिन रावल, नरेन भट्ट, आकाश त्रिपाठी, इमरान शेख, अर्जुन कुमाल, आशुतोष घिरैया र अर्जुन घर्ती मगर छन् ।

Published Date: 15 January 2025


ताजा
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु