विदा हुनुअघि मोन्टी देशाइको ‘ब्याटिङ क्याम्प’, २० खेलाडी छानिए (सूची सहित)

विदा हुनुअघि मोन्टी देशाइको ‘ब्याटिङ क्याम्प’, २० खेलाडी छानिए (सूची सहित) : Icon Khabar

काठमाडौँ, माघ २ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि नौं दिने ‘ब्याटिङ क्याम्प’ चलाउने भएको छ । माघ ४ गते (शुक्रवार)बाट २० जना ब्याटरलाई राखेर क्यानले ब्याटिङ क्याम्प सञ्चालन गर्न लागेको हो ।

ब्याटिङ क्याम्पमा नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाइको प्रत्यक्ष निगरानी रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् । क्याम्प कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा चल्ने छ । यसैबीचमा प्रवक्ता लामाले बुधवार एक प्रेस विज्ञप्ति जारी गरेर क्याम्पमा सहभागी हुने २० जना खेलाडीको नाम सार्वजनिक गरेका छन् । पदावधि सकिन लागेका प्रशिक्षक देशाइको सम्भवत यो ‘अन्तिम असाइनमेन्ट’ हो ।

क्यानसँग उनको सम्झौता आगामी फेबु्रअरीमा सकिँदै छ । क्यान सम्झौता नविकरण गर्ने पक्षमा छैन । पदावधि सकिनुअघि उनको खाली समयलाई सदुपयोग गर्ने हेतु ब्याटिङ क्याम्पको अवधारणा बनाइएको क्यान स्रोतले बताएको छ ।

जसमा लोकेश बम, किरण ठगुन्ना, सोनु अन्सारी, अभिषेक तिवारी, सन्तोष यादव, उत्तम रंगु थापा मगर, शुभ कंशाकार, सन्तोष कार्की, अंकित सुवेदी, त्रितराज दास, सुजन थपलिया, रित गौतम, सोहेल कुमार, विपिन रावल, नरेन भट्ट, आकाश त्रिपाठी, इमरान शेख, अर्जुन कुमाल, आशुतोष घिरैया र अर्जुन घर्ती मगर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 January 2025




ताजा
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान