भक्तपुरमा २७ औं भुकम्प सुरक्षा दिवस सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न

भक्तपुरमा २७ औं भुकम्प सुरक्षा दिवस सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न : Icon Khabar
तस्बिर: जिल्ला प्रशासन कार्यालय भक्तपुर

भक्तपुर, माघ २ । भक्तपुरमा आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजना २७ औं भुकम्प सुरक्षा दिवस सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न भएको छ।

“भुकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने नाराका साथ आज जिल्लास्थित सरकारी कार्यालय, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाइटी, RNA16, भक्तपुर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि र स्थानीय नागरिकहरुको वृहत उपस्थितिमा दत्तात्रयदेखि पाँचतले मन्दिरसम्म प्रभातफेरी र्‍याली आयोजना गरेको हो।

भक्तपुरको टौमढि क्षेत्रमा भुकम्प पश्चात खोज तथा उद्धारको नमूना अभ्यास (Simulation Exercise) प्रदर्शन गरोएको थियो। यो सँगै सुरक्षा निकाय, रेडक्रस सोसाइटी, RNA16 लगायतले विपद् खोज उद्धारका सामाग्रीहरुको प्रस्तुती तथा अवलोकन गरी भुकम्प सुरक्षा दिवस, २०८१ मनाएका हुन्।

Published Date: 15 January 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु