काठमाडौं, माघ २ । बुधबार नेप्से परिसूचक १.८३ विन्दुले बढेर २५९५.९६ अंकमा आएको छ ।
आज ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक सकारात्मक बनेका छन् ।समग्रमा हेर्दा भने नेप्से सूचक अझै सुस्त नै देखिएको छ ।
आज २ सय ९९ कम्पनीको १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सुपर मादी र सिन्धु विकास बैंक रहेका छन् ।
Published Date: 15 January 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1