साँखुको शालीनदीमा लागिरहेको श्री स्वस्थानी र माधव नारायणको मेला (फोटो फिचर )

साँखुको शालीनदीमा लागिरहेको श्री स्वस्थानी र माधव नारायणको मेला (फोटो फिचर ) : Icon Khabar

काठमाडौं, माघ १ । काठमाडौंको उत्तर-पूर्वी भागमा रहेको साँखु, उपत्यकाबाट करिब १७ किमिको दुरीमा रहेको छ। हिन्दु धर्म अनुसार पौष शुक्ल पक्ष पुर्णिमाबाट साँखु उपत्यकाको साली नदीमा माधव नारायण मेला लाग्ने गर्छ।

यो एक महिने मेला स्वस्थानी व्रतका नामले पनि प्रख्यात छ। साली नदीको प्रसङ्ग स्वस्थानी व्रत कथामा पनि भएकोले माघ महिनामा यो नदीको विशेष महत्व रहेको छ।

साली नदीको तटमा देवी पार्वतीले माघ महिनामा स्वस्थानी माताको व्रत बसेको भन्ने विश्वासका कारण यस महिनामा विशेष गरी महिलाहरु स्नान गर्न आउछन्।

यो महिनामा ३१ दिन पुजा अर्चना गरे आफ्नो मनोकांक्षा पुरा हुने विश्वास रहेकोले माघ महिनामा यहाँ हिन्दु धर्मावलम्बीहरुको विशेष घुइचो लाग्छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घय दिइन्छ ।

 

Published Date: 14 January 2025
ताजा
देशभर भारी वर्षा, हिमपात र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
अमरज्योति ज्ञानकुञ्जको तेह्रौँ वार्षिकोत्सव: प्रतिभा, मूल्य र भविष्यको उज्यालो सम्भावना
आगामी चैत ३० गते आयुर्वेद चिकित्साको लाइसेन्स परीक्षा हुने
मध्यपूर्व युद्ध: ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणसँगै थप गम्भीर मोडमा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता