अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम, नेपाली रुपैयाँ दबाबमा

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम, नेपाली रुपैयाँ दबाबमा : Icon Khabar

काठमाडौं, माघ १ । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ २३ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको भाउ १३७ रुपैयाँ ८५ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ भने खरिददर १४० रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६८ रुपैयाँ ३२ पैसा र खरिद दर १६७ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 January 2025
Website | + posts




ताजा
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने
नवनियुक्त दुई मन्त्रीद्वारा आइतबार पद तथा गोपनियताको सपथ
आइतबार नेप्से परिसूचक ५.१९ अंकले बढ्यो
विश्वकप लिग टु : नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने