अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम, नेपाली रुपैयाँ दबाबमा

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम, नेपाली रुपैयाँ दबाबमा : Icon Khabar

काठमाडौं, माघ १ । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ २३ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको भाउ १३७ रुपैयाँ ८५ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
आयात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । डलर बलियो हुँदा भारु र नेरु दुवै कमजोर बनेका छन् । भारुसँग नेरुको स्थिर विनिमयदर छ ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४१ रुपैयाँ ४७ पैसा रहेको छ भने खरिददर १४० रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६८ रुपैयाँ ३२ पैसा र खरिद दर १६७ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Published Date: 14 January 2025


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु