अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि : Icon Khabar

काठमाडौँ, पुस २८ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लुटीआई क्रुडको मूल्य ३.५८ प्रतिशतले बढेको छ ।

यो वृद्धिसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७६.५७ डलर पुगेको छ । यस्तै, ब्रेन्ट क्रुडको मूल्य पनि ३.६९ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७९.७६ डलर कायम भएको छ ।

अमेरिकाले रुसी तेल उद्योगमाथि अहिलेसम्मकै भारी प्रतिबनध लगाउने भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

रुसले युक्रेनमाथि गरेको आक्रमणका लागि गरिने प्रतिबन्धले चीन र भारतमा ठूलो मात्रामा भईरहेको रुसी तेल निर्यात प्रभावित हुने जनाइएको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिका,युरोपेली युनियन र यसका साझेदारहरुले रुसी तेलमा प्रतिबन्ध लगाएसँगै

चिनियाँ र भारतीय तेल प्रशोधनकर्ता रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेका छन् ।

विश्वभर आपूर्ति हुने कच्चा तेलमा रुसी तेलको हिस्सा १० प्रतिशत रहेको छ । रुसी कम्पनीहरुले आफ्नै ट्याङकर खरिद गरेर पश्चिमा कम्पनीसँग बीमा नगरेर रुसभित्रै तिनको बीमा गर्ने गरेको छ ।

अमेरिकाले अब भारतमा तेल निर्यात गर्ने जहाज बीमा प्रदायक इन्गोस्त्राख र अल्फात्राकखोभेनि र तेल उत्पादन कम्पनी गाजप्रोम नेफ्ट र सुरजुतनेफ्टगाजमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बाइडेन प्रशासनले कडा प्रतिबन्धका कारण विश्वव्यापी रुपमा तेल मूल्यमा भारी वृद्धि हुने जोखिमलाई सन्तुलन कायम राख्न गरेको प्रयासका कारण हालसम्म, सयौं जहाज र अधिकांश रूसी तेल व्यापारीहरू कठोर अमेरिकी प्रतिबन्धहरूबाट बच्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2025
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने