अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि : Icon Khabar

काठमाडौँ, पुस २८ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो कारोबारमा डब्लुटीआई क्रुडको मूल्य ३.५८ प्रतिशतले बढेको छ ।

यो वृद्धिसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७६.५७ डलर पुगेको छ । यस्तै, ब्रेन्ट क्रुडको मूल्य पनि ३.६९ प्रतिशतले बढ्दै प्रतिब्यारेल ७९.७६ डलर कायम भएको छ ।

अमेरिकाले रुसी तेल उद्योगमाथि अहिलेसम्मकै भारी प्रतिबनध लगाउने भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

रुसले युक्रेनमाथि गरेको आक्रमणका लागि गरिने प्रतिबन्धले चीन र भारतमा ठूलो मात्रामा भईरहेको रुसी तेल निर्यात प्रभावित हुने जनाइएको छ । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिका,युरोपेली युनियन र यसका साझेदारहरुले रुसी तेलमा प्रतिबन्ध लगाएसँगै

चिनियाँ र भारतीय तेल प्रशोधनकर्ता रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेका छन् ।

विश्वभर आपूर्ति हुने कच्चा तेलमा रुसी तेलको हिस्सा १० प्रतिशत रहेको छ । रुसी कम्पनीहरुले आफ्नै ट्याङकर खरिद गरेर पश्चिमा कम्पनीसँग बीमा नगरेर रुसभित्रै तिनको बीमा गर्ने गरेको छ ।

अमेरिकाले अब भारतमा तेल निर्यात गर्ने जहाज बीमा प्रदायक इन्गोस्त्राख र अल्फात्राकखोभेनि र तेल उत्पादन कम्पनी गाजप्रोम नेफ्ट र सुरजुतनेफ्टगाजमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बाइडेन प्रशासनले कडा प्रतिबन्धका कारण विश्वव्यापी रुपमा तेल मूल्यमा भारी वृद्धि हुने जोखिमलाई सन्तुलन कायम राख्न गरेको प्रयासका कारण हालसम्म, सयौं जहाज र अधिकांश रूसी तेल व्यापारीहरू कठोर अमेरिकी प्रतिबन्धहरूबाट बच्न सफल भएका छन् ।

Published Date: 12 January 2025
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता