प्याब्सन भक्तपुरको १६औं अधिवेशन सम्पन्न, अध्यक्षमा कसपाल निर्वाचित

प्याब्सन भक्तपुरको १६औं अधिवेशन सम्पन्न, अध्यक्षमा कसपाल निर्वाचित : Icon Khabar

भक्तपुर, पुस २७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भक्तपुरको अध्यक्षमा राजन कसपाल निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न १६औं अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा निलेश आचार्य, उपाध्यक्षमा विजय कर्माचार्य, सचिवमा सूर्य बहादुर भण्डारी, कोषाध्यक्षमा रत्नमान शंखदेव, सह–सचिवमा लिलानाथ निरौला, र सह–कोषाध्यक्षमा लक्ष्मी कुटु निर्वाचित भएका छन्।

सदस्यहरूमा मीना महर्जन, ईश्वर बहादुर श्रेष्ठ, प्रभुनारायण यादव, शंकरकुमार कर्ण कायस्थ र कृष्ण कार्की चयन भएका छन्। जीवन श्रेष्ठ, यज्ञराज भट्टराई र दिनेश मैनाली महाधिवेशन प्रतिनिधिमा छनोट भएका छन्।

Published Date: 11 January 2025