भक्तपुर घरेलु तथा साना उद्योग संघको १७औं अधिवेशन सम्पन्न, नयाँ अध्यक्षमा श्रेष्ठ

भक्तपुर घरेलु तथा साना उद्योग संघको १७औं अधिवेशन सम्पन्न, नयाँ अध्यक्षमा श्रेष्ठ : Icon Khabar

भक्तपुर, पुस २६ । भक्तपुर घरेलु तथा साना उद्योग संघको १७औं तथा महिला उद्यमी समितिको १६ औं जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भयो।

संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तमाङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, भक्तपुरका प्रमुख जीला अधिकारी गोपाल प्रसाद अर्याल, महासंघका केन्द्रिय उपाध्यक्ष चन्दन कृष्ण श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

संघको नयाँ नेतृत्वमा श्यामसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन भएका छन्। शुक्रबार सम्पन्न संघको १७औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।

उपाध्यक्षमा हरिगोपाल त्वायना, सचिवमा श्रीजना कक्षपति, सह–सचिवमा सुमित्रा श्रेष्ठ, र कोषाध्यक्षमा कृष्णमान प्रजापति सर्वसम्मत चयन भएका छन्।

अधिवेशनमा कार्यसमिति सदस्यहरूका रूपमा रविन माक, ज्ञानेन्द्र कायस्थ, हरिचन्द्र श्रेष्ठ, आकाश बादे, तुल्सीदेवी लाखा, हिराकाजी मानन्धर, सुमन भेले, मिना त्वानाबासु, तारादेवी धन्छा, कृष्णहरी खत्री, र सुस्मा श्रेष्ठ चयन भएका छन्। निर्वाचन अधिकृत चन्दनकृष्ण श्रेष्ठले सम्पूर्ण प्रक्रिया पारदर्शी र सर्वसम्मत भएको जानकारी दिए।

संघको विधानअनुसार, निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजा दोस्रो वरियतामा रहेर संघलाई सल्लाहकारका रूपमा सहयोग गर्नेछन्। नगर समितिका संयोजकहरू स्वभाविक रूपमा उपाध्यक्ष बन्ने व्यवस्था अनुसार गणेशमान राजचल, दयाराम मचामसी, र सोम तामाङ नगर समितिको पदेन उपाध्यक्षमा चयन भएका छन्।

यसैबीच, महिला उद्यमी समितिको नेतृत्वमा कमलधरी खर्बुजा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएकी छिन्। समितिको १६औं अधिवेशनले उनलाई नेतृत्व सुम्पिएको हो। समितिमा उपाध्यक्ष सृजना प्रजापति, सचिव लक्ष्मी महर्जन, सह–सचिव प्रतिमा अणु, र कोषाध्यक्ष उर्मिला श्रेष्ठ चयन भएका छन्।

समितिका सदस्यहरूमा कृष्णा प्रजापति, दयालक्ष्मी प्रजापति, रमिला डंगोल, रामलक्ष्मी त्वायना, सरिता राई, र रामकेशरी श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचन अधिकृत चन्दनकृष्ण श्रेष्ठका अनुसार, महिला उद्यमी समितिको यो नयाँ कार्यसमितिले महिला उद्यमशीलताको क्षेत्रमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सबै चयन प्रक्रियाले संघको आन्तरिक एकता, जिम्मेवारी बोध, र पारदर्शितालाई बलियो बनाउँदै अघि बढ्ने विश्वास गरिएको छ।

Published Date: 10 January 2025
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो