काठमाडौं, पुस २४ । बुधबार नेप्से परिसूचक ६.५३ विन्दुले बढेर २६५३.३८ अंकमा आएको छ । बुधबारसहित नेप्से सूचक लगातार छैटौं दिन बढेको हो ।
आज बुधबार ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । ६ वटा समूहको सूचक हरियो हुँदा फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ ।
आज ३०५ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा न्यादी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावर परेका छन् ।
Published Date: 08 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1