बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध : Icon Khabar

काठमाडौँ, पुस २४ । बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शितलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए।

राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा दुई सय ५० भन्दा बढी सवारी साधन जाममा परेको प्रहरी नायब उपरीक्षक बोहोराले बताउनुभयो । चिप्लो बाटोका कारण ठुला र मालवाहक सवारी साधान सञ्चालनमा निक्कै कठिनाई भएको प्रहरीले जनाएको छ ।

सवारी सधानको सहज आवागमनका लागि प्रयास भइरहेको भए पनि कठिनाइ भएको बोहोराले बताए । पुस लागेदेखि नै तराईका जिल्लाहरुमा बिहान अवेरसम्म नै बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ । यसको असर वृद्धवृद्धा, बालबालिकादेखि यातायातमा पनि परेको छ ।

Published Date: 08 January 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न