काठमाडौं, पुस २३ । नेप्से परिसूचक मंगलबार ६.१६ विन्दुले बढेर २६४६.८४ अंकमा आएको छ ।
आज ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ८ वटा समूहका सूचक सकारात्मक रहेका छन् । फाइनान्स समूहको सूचक अरुभन्दा बढीले वृद्धि भएको छ ।
आज ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिन्धु विकास बैंक अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र साहस ऊर्जा परेका छन् ।
Published Date: 07 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1