काठमाडौं, पुस २३ । मंगलबार बिहान गएको भूकम्पका कारण रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुखुम्बुमा केही घरहरुमा सामान्य क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न २५ सय सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए।
केही जिल्लामा एक/दुई वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षति अहिलेसम्म नभएको उनले बताए।
सहप्रवक्ता थापाका अनुसार सोलुखुम्बु, थुलुङ्ग दुधकोशी गाउँपालिका– ७ देउसा स्थत लुर्वा बस्ने हर्कबहादुर खत्रीको ढुङ्गा माटोले बनेको दुईतले घरको गारो सामान्य चर्किएको छ ।
त्यस्तै, भूकम्पका कारण ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका– २ चुहानछाप बस्ने हिमाल कार्कीको ढुङ्गा माटोले बनेको घर सामान्य चर्केको छ भने ओखलढुङ्गा, चिसंखुगढी गाउँपालिका– ५ सिरीसे बस्ने वर्ष २६ को इन्द्रबहादुर परियारको जीर्ण अवस्थामा रहेको भान्सा घर पूर्णरुपमा भत्किएको उनले बताए।
मंगलबार बिहान नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
यो पनि पढ्नुहोस
Published Date: 07 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1