तिब्बत भुकम्प: डिङ्ग्री काउन्टीमा गरियो सगरमाथा आधार शिविर अस्थायी रूपमा बन्द

तिब्बत भुकम्प: डिङ्ग्री काउन्टीमा गरियो सगरमाथा आधार शिविर अस्थायी रूपमा बन्द : Icon Khabar

ल्हासा, पुस २३ । चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको ६.८ म्याग्निच्यूडको भूकम्पपछि सगरमाथा (माउन्ट कोमोलाङ्मा) मनोरम क्षेत्र अस्थायी रूपमा बन्द गरिएको र पर्यटक तथा कर्मचारी सुरक्षित अवस्थामा रहेको स्थानीय अधिकारीले बताएका छन् ।

डिङ्ग्री विश्वको सबैभन्दा अग्लो चुचुरोको आधार शिविर हो । क्षेत्रीय विपद् राहत मुख्यालयका अनुसार भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको पुष्टि भएको छ ।

रमणीय क्षेत्रमा रहेका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री कल्चर एण्ड टुरिजम ब्युरोले जनाएको छ ।

डिङ्ग्रीस्थित चाइनिज एकेडेमी अफ साइन्सेजको वायुमण्डलीय र वातावरणीय अनुसन्धानका लागि कोमोलाङ्मा स्टेसनमा विद्युत् कटौती भइरहेको छ । यद्यपि, सुविधाहरू राम्रो अवस्थामा रहेका छन्।

चीन–नेपाल सीमामा अवस्थित सगरमाथा (माउन्ट कोमोलाङ्मा) ८,८४० मिटरभन्दा बढीको उचाईमा रहेको छ र यसको उत्तरी भाग सिजाङमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2025
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने