तिब्बत भुकम्प: डिङ्ग्री काउन्टीमा गरियो सगरमाथा आधार शिविर अस्थायी रूपमा बन्द

तिब्बत भुकम्प: डिङ्ग्री काउन्टीमा गरियो सगरमाथा आधार शिविर अस्थायी रूपमा बन्द : Icon Khabar

ल्हासा, पुस २३ । चीनको सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको ६.८ म्याग्निच्यूडको भूकम्पपछि सगरमाथा (माउन्ट कोमोलाङ्मा) मनोरम क्षेत्र अस्थायी रूपमा बन्द गरिएको र पर्यटक तथा कर्मचारी सुरक्षित अवस्थामा रहेको स्थानीय अधिकारीले बताएका छन् ।

डिङ्ग्री विश्वको सबैभन्दा अग्लो चुचुरोको आधार शिविर हो । क्षेत्रीय विपद् राहत मुख्यालयका अनुसार भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको पुष्टि भएको छ ।

रमणीय क्षेत्रमा रहेका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री कल्चर एण्ड टुरिजम ब्युरोले जनाएको छ ।

डिङ्ग्रीस्थित चाइनिज एकेडेमी अफ साइन्सेजको वायुमण्डलीय र वातावरणीय अनुसन्धानका लागि कोमोलाङ्मा स्टेसनमा विद्युत् कटौती भइरहेको छ । यद्यपि, सुविधाहरू राम्रो अवस्थामा रहेका छन्।

चीन–नेपाल सीमामा अवस्थित सगरमाथा (माउन्ट कोमोलाङ्मा) ८,८४० मिटरभन्दा बढीको उचाईमा रहेको छ र यसको उत्तरी भाग सिजाङमा अवस्थित छ ।

Published Date: 07 January 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली