चीनमा भारी छुटसहित आईफोन बिक्री सुरु

चीनमा भारी छुटसहित आईफोन बिक्री सुरु : Icon Khabar

काठमाडौं, पुस २१ । चिनियाँ बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि एप्पलले भारी छुटसहित आईफोन बिक्री सुरु गरेको छ । शनिबारदेखि चार दिनसम्मका लागि विशेष अफरअन्तर्गत कम्पनीले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा ५०० चिनियाँ युवान (करिब साढे नौ हजार रुपैयाँ) छुट दिएको हो।

चीन एप्पलका लागि सबैभन्दा ठूलो र महत्त्वपूर्ण बजार मानिन्छ । तर, पछिल्लो समय चिनियाँ कम्पनी ह्वावेका प्रिमियम स्मार्टफोनका कारण एप्पलका उत्पादनहरूको माग घट्न थालेको छ । बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै एप्पलले पहिलो पटक आफ्नै खुद्रा च्यानलमार्फत यस्तो अफर ल्याएको हो ।

सीएनएनका अनुसार एप्पलले अघिल्लो वर्षदेखि चीनमा मौसमी अफर दिन सुरु गरेको छ । यसअघि तेस्रो पक्ष खुद्रा विक्रेतामार्फत मात्र छुट उपलब्ध गराइन्थ्यो ।

क्यानालिसको रिपोर्टअनुसार २०२४ को तेस्रो त्रैमासिकमा चीनमा एप्पलका स्मार्टफोनको ढुवानीमा ६ प्रतिशत गिरावट आएको छ। यसै अवधिमा एप्पलको बजार हिस्सा १६ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको छ ।

त्यसैबेला, ह्वावेले २४ प्रतिशत वार्षिक वृद्धि गर्दै आफ्नो बजार हिस्सा १३ प्रतिशतबाट १६ प्रतिशतमा पुर्‍याएको छ । अमेरिकी प्रतिबन्धका कारण प्रभावित ह्वावेले २०२३ देखि आक्रामक रूपमा नयाँ डिभाइसहरू बजारमा ल्याउँदै आफ्नो स्थान बलियो बनाएको हो ।

ह्वावेले अमेरिकी प्रतिबन्धका बाबजुद अत्याधुनिक चिप्ससहित नयाँ डिभाइसहरू उत्पादन गर्दै आएको छ । कम्पनीले हालै तीन पटक फोल्ड गर्न मिल्ने नयाँ फोन पनि ल्याएको छ ।

चिनियाँ बजारमा ह्वावेसहितका घरेलु ब्रान्डको प्रभाव बढ्दै गएपछि एप्पलले आफ्ना प्रिमियम फोनमा आकर्षक अफर ल्याएर बजारमा आफ्नो स्थान बलियो बनाउन खोजेको देखिन्छ ।

Published Date: 05 January 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी