चीनमा भारी छुटसहित आईफोन बिक्री सुरु

चीनमा भारी छुटसहित आईफोन बिक्री सुरु : Icon Khabar

काठमाडौं, पुस २१ । चिनियाँ बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि एप्पलले भारी छुटसहित आईफोन बिक्री सुरु गरेको छ । शनिबारदेखि चार दिनसम्मका लागि विशेष अफरअन्तर्गत कम्पनीले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्समा ५०० चिनियाँ युवान (करिब साढे नौ हजार रुपैयाँ) छुट दिएको हो।

चीन एप्पलका लागि सबैभन्दा ठूलो र महत्त्वपूर्ण बजार मानिन्छ । तर, पछिल्लो समय चिनियाँ कम्पनी ह्वावेका प्रिमियम स्मार्टफोनका कारण एप्पलका उत्पादनहरूको माग घट्न थालेको छ । बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै एप्पलले पहिलो पटक आफ्नै खुद्रा च्यानलमार्फत यस्तो अफर ल्याएको हो ।

सीएनएनका अनुसार एप्पलले अघिल्लो वर्षदेखि चीनमा मौसमी अफर दिन सुरु गरेको छ । यसअघि तेस्रो पक्ष खुद्रा विक्रेतामार्फत मात्र छुट उपलब्ध गराइन्थ्यो ।

क्यानालिसको रिपोर्टअनुसार २०२४ को तेस्रो त्रैमासिकमा चीनमा एप्पलका स्मार्टफोनको ढुवानीमा ६ प्रतिशत गिरावट आएको छ। यसै अवधिमा एप्पलको बजार हिस्सा १६ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको छ ।

त्यसैबेला, ह्वावेले २४ प्रतिशत वार्षिक वृद्धि गर्दै आफ्नो बजार हिस्सा १३ प्रतिशतबाट १६ प्रतिशतमा पुर्‍याएको छ । अमेरिकी प्रतिबन्धका कारण प्रभावित ह्वावेले २०२३ देखि आक्रामक रूपमा नयाँ डिभाइसहरू बजारमा ल्याउँदै आफ्नो स्थान बलियो बनाएको हो ।

ह्वावेले अमेरिकी प्रतिबन्धका बाबजुद अत्याधुनिक चिप्ससहित नयाँ डिभाइसहरू उत्पादन गर्दै आएको छ । कम्पनीले हालै तीन पटक फोल्ड गर्न मिल्ने नयाँ फोन पनि ल्याएको छ ।

चिनियाँ बजारमा ह्वावेसहितका घरेलु ब्रान्डको प्रभाव बढ्दै गएपछि एप्पलले आफ्ना प्रिमियम फोनमा आकर्षक अफर ल्याएर बजारमा आफ्नो स्थान बलियो बनाउन खोजेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2025
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)