इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित : Icon Khabar

काठमाडौं, पुस १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ । सिटीले लेस्टरलाई उसकै मैदानमा २-० गोलअन्तरले हराएको हो ।

सिटीको जितमा साभिन्हो र एर्लिङ हालान्डले एक-एक गोल गरे । दुवै हाफमा सिटीले १-१ गोल गर्‍यो ।

खेलको २१औं मिनेटमा साभिन्होले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यसपछि थप गोल नहुँदा सिटी एक गोलको अग्रतामा रह्‍यो ।

दोस्रो हाफको ७४औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । हालान्डले पछिल्ला ३ खेलमा गोल गर्न सकेका थिएनन् । आज गोलको खडेरी तोडेका हुन् ।

जितपछि सिटी १९ खेलमा ३१ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । लेस्टर १९ खेलमा १४ अंकसहित १८औं स्थानमा छ ।पछिल्ला चार खेलमा जितविहीन रहेको सिटीले पाँचौं खेलमा आएर पहिलो जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन