इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको जित : Icon Khabar

काठमाडौं, पुस १५ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ । सिटीले लेस्टरलाई उसकै मैदानमा २-० गोलअन्तरले हराएको हो ।

सिटीको जितमा साभिन्हो र एर्लिङ हालान्डले एक-एक गोल गरे । दुवै हाफमा सिटीले १-१ गोल गर्‍यो ।

खेलको २१औं मिनेटमा साभिन्होले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा त्यसपछि थप गोल नहुँदा सिटी एक गोलको अग्रतामा रह्‍यो ।

दोस्रो हाफको ७४औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । हालान्डले पछिल्ला ३ खेलमा गोल गर्न सकेका थिएनन् । आज गोलको खडेरी तोडेका हुन् ।

जितपछि सिटी १९ खेलमा ३१ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । लेस्टर १९ खेलमा १४ अंकसहित १८औं स्थानमा छ ।पछिल्ला चार खेलमा जितविहीन रहेको सिटीले पाँचौं खेलमा आएर पहिलो जित निकालेको छ ।

Published Date: 30 December 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग