सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, पुस १५ । आज सुनको मूल्यमा ४ सय रुपैयाँको बढोत्तरी आएको छ । घरेलु बजारमा अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको भाउ पनि वृद्धि भएको छ । चाँदीको मूल्य ५ रुपैयाँले उकालो लाग्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 30 December 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग