सेयर बजारमा घाटा व्यहोरेपछि ३१ वर्षीय युवकले गरे आत्महत्या

सेयर बजारमा घाटा व्यहोरेपछि ३१ वर्षीय युवकले गरे आत्महत्या : Icon Khabar

काठमाडौं, पुस १२ । सेयर बजारमा घाटा व्यहोरेपछि ३१ वर्षीय युवकले आत्महत्या गरेका छन् ।

पटना, भारतका राहुल कुमार सिंहले बुधबार दानापुरको गोला रोडस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । परिवारले उनलाई पहिलो तलामा झुन्डिएको अवस्थामा फेला पारेका थिए ।

दानापुर प्रहरी स्टेशनका अधिकृत प्रशान्त कुमार भारद्वाजका अनुसार सिहंकी बहिनीले राहुल राति खाना खाएर सुत्न गएको बताइन् । ‘बिहान राहुल कोठामा नभेटिएपछि जाँच गर्दा उनी झुन्डिएको अवस्थामा भेटिए ।

उनका बुबाले केही दिनअघि उनको खातामा ६ लाख भारतीय रुपैयाँ राखेका थिए । राहुलले उक्त रकमलाई सेयर बजारमा लगाएका थिए । जसकारण बैंक खातामा पैसा देखिएन ।’ त्यहि भएर उनले आत्महत्या गरेको हुन सक्ने भारद्वाजले बताए ।

Published Date: 26 December 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु