बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक ४.१९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, पुस १२ । बिहीबार नेप्से परिसूचक ४.१९ विन्दुले बढेर २६३०.७१ अंकमा आएको छ ।

आज ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । ४ वटा समूहको सूचक हरियो भएको छ ।

आज ३१० कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ५० करोड ७७ लाखभन्दा बढीसहित प्रभु बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 December 2024
Website | + posts