भारतले अहिलेसम्म आफूलाई भ्रमणको निम्तो नदिएको प्रधानमन्त्री ओलीको भनाई

भारतले अहिलेसम्म आफूलाई भ्रमणको निम्तो नदिएको प्रधानमन्त्री ओलीको भनाई : Icon Khabar

काठमाडौं, पुस १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अहिलेसम्म आफूलाई भ्रमणको निम्तो नदिएको बताएका छन्। बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्तकुरा ब्रिफिङ गरेका हुन्।

‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन । सम्भवतः छिटै आउँछ भन्ने विश्वास छ’, उनले भने।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा दुई देशबीच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको योजना हुने बताए। उक्त योजनाबाट नेपालले विकासमा फड्को मार्नसक्ने धारणा राखेका थिए।

Published Date: 26 December 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु