सोनु निगमको कन्सर्टमा विज्ञापन गरिएका मदिराको बोर्ड महानगरपालिकाले हटायो

सोनु निगमको कन्सर्टमा विज्ञापन गरिएका मदिराको बोर्ड महानगरपालिकाले हटायो : Icon Khabar

काठमाडौं, पुस ११ । काठमाडौँ महानगरपालिकाले भारतीय गायक सोनु निगमको कन्सर्टमा प्रायोजन गरेर विज्ञापन गरिएका मदिराको बोर्ड हटाएको छ।

वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको छ।

महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको महानगरले जनाएको छ। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको बताइएको छ।

जनस्वास्थ्य ऐन २०७५ को दफा ४५ मा मदिरा, सुर्तिजन्य पदार्थको विज्ञापन तथा प्रचारप्रसार निषेध गरिएको छ।

Published Date: 26 December 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु