भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न कन्टेष्ट २०८१ सम्पन्न

भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न कन्टेष्ट २०८१ सम्पन्न : Icon Khabar

भक्तपुर, मंसिर १९ । भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित मोडर्न स्कूल/कलेजको आयोजनामा मिस्टर एण्ड मिस मोडर्न कन्टेष्ट २०८१ बुधबार सम्पन्न भएको छ। उक्त स्कूल अनि कलेजको कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुका लागि आयोजना गरेको सो कन्टेष्टमा यस वर्ष मिस्टर मोडर्न २०८१ को उपाधि ओम थापा र मिस मोडर्न २०८१ को उपाधि अनिशा धौलाकोटिले उचाल्न सफल भए।

मोडर्न स्कूल/कलेजका संस्थापक अध्यक्ष बाबुकाजी कसपालको अध्यक्षतामा भएको सो समारोहमा वरिष्ठ गायिका कुन्ती मोक्तानले प्रमुख आतिथ्यता ग्रहण गरेकी थिइन्। वरिष्ठ रचनाकार सुवास चन्द्र ढुंगेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा निर्णायकको भूमिका मर्निङ्ग ग्लोरी इन्टरटेण्ट्मेन्टकी प्रमुख कार्यकारी अधिकृत मोहन मोथे खनाल, वरिष्ठ संचारकर्मी तथा लोकप्रिय कलाकार दीपान्जली लामा शाह र संगीतकार हेम लामाले खेलेका थिए।

उक्त कार्यक्रमको कोरियोग्राफ किरण श्रेष्ठले गरेका थिए भने कलेजको कक्षा १२ मा अध्ययनरत मिस्टर एण्ड मिस मोडर्न कन्टेष्ट २०८० को समुहले सह कोरियोग्राफ रहेको थियो।

बुधबार सम्पन्न कन्टेष्टमा सहभागी विद्यार्थीहरुले विभिन्न टाइटल जितेका थिए। मिस्टर मोडर्न ट्यालेन्टमा श्रीजन बोयेंजु,  मिस मोडर्न ट्यालेन्टमा रिस्ता थापा, मिस्टर मोडर्न पर्शनालिटिमा आकाश तामाङ्ग, मिस मोडर्न पर्शनालिटिमा राजी केसी, पब्लिक चोइस बोइमा अभिमन्यु दाहाल, पब्लिक चोइस गर्ल्समा क्रिष्टिना कार्की विजयी भएका थिए।

त्यसैगरी, छात्र प्रतिष्पर्धी तर्फ द मोस्ट पोजिटिभमा श्रीजन बोयेंजु, द बेस्ट लिडरमा आकाश तामाङ्ग, द मोस्ट डिसिप्लिनमा अभिमन्यु दाहाल, द मोस्ट हम्बलमा श्रीशान्त सिंह खड्का, द मोस्ट सोसियलमा सुप्रिन्स खड्का, द मोस्ट इन्नोभेटिभ ओम थापाले उपाधि जित्न सफल भए।

त्यसैगरी, छात्रा प्रतिष्पर्धी तर्फ द मोस्ट पोजिटिभमा प्रतीक्षा कार्की, द मोस्ट डेडिकेटेड समिक्षा घोरासाइनी, द मोस्ट इण्टराक्टिभ लसता सूलू, द मोस्ट मल्टि ट्यालेण्टेड रिस्ता थापा, द मोस्ट इन्नोभेटिभमा आभा प्रजापति, द मोस्ट भर्साटाइलमा राजी केसी, द मोस्ट पंगचुयलमा सृजना प्रधान, द मोस्ट हम्बलमा क्रिष्टिना कार्की र द मोस्ट कन्फ़िडेण्ट्मा अनिशा धौलाकोटिले जितेका थिए।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गायिका मोक्तानले एउटा सांगीतिक प्रस्तुतिमार्फत उपस्थित सम्पूर्णलाई मनोरंजन दिएका थिए। उक्त समारोहमा मोडर्न स्कूल/कलेजका प्राचार्य अनिल कसपाल, मोडर्न बोर्डिङ्ग स्कूलका प्रिन्सिपल राजन कसपाल, सह प्राचार्य साजन कसपाल , मोडर्न स्कूल चित्र्पुरकी इन्चार्ज सजना थापाको उपस्थिति रहेको कुरा कार्यक्रमकी संयोजक तथा कलेज कोर्डिनेटर शशि कायस्थ कसपालले आइकन खबरलाई बताईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
Published Date: 04 December 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने