गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो : Icon Khabar

गाजा, मंसिर १७ । इजरायली सैन्य कारबाहीबाट गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ । गाजा स्थित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिमा ४४ हजार ३८२ प्यालेस्टाइनीको मृत्यु भएको उल्लेख छ ।

विगत २४ घण्टामा इजरायली सैनिक कारबाहीमा गाजामा १९ जनाको मृत्यु हुनुका साथै अन्य ७२ जना घाइते भएको विज्ञप्तिमा भनिएको छ । जसमा घाइतेको कुल संख्या १०५,१४२ पुगेको छ ।

इजरायली सेनाले शुक्रबार रातीदेखि शनिबारसम्म गाजा पट्टीका धेरै ठाउँमा आक्रमण गर्दा कम्तीमा ३२ प्यालेस्टाइनीको मृत्यु भएको सीसीटीभीप्लसले उल्लेख गरेको छ ।

त्यस्तै प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले शनिबार दक्षिणी गाजाको खान युनिसमा भएको आक्रमणमा फूड परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका तीन कर्मचारीको मृत्यु भएको जनाएको छ । गाजामा सामुदायिक भान्सा सञ्चालन गर्ने परोपकारी संस्थाले आक्रमणपछि गाजामा आफ्नो सञ्चालन रोकेको छ ।

यता, इजरायली हमलाका कारण संचारकर्मीहरुमा ठूलो असर पुगेको छ । उक्त द्वन्द्वमा मारिएका पत्रकार र मिडियाकर्मीहरूको कुल संख्या १९१ पुगेको छ । -एजेन्सी

Published Date: 02 December 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु