इजराइल र लेबननबीच युद्धबिरामको सहमति

इजराइल र लेबननबीच युद्धबिरामको सहमति : Icon Khabar

काठमाडौँ, मंसिर १२ । इजराइल र लेबननबीच युद्धबिरामको सहमति भएको छ। मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इजराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो।

योसँगै दुई महिनादेखि भएको इजराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इजराइलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धबिरामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ।

यद्यपि इजरलाइले मंगलबार नै लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। मंगलबारको बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको सिएनएनले उल्लेख गरेको। बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो।

आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ। सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो। इजराइल र हिजबुल्लाहबीचको युद्धको दुई महिनाको अवधिमा लेबननमा हजारौंले ज्यान गुमाएका छन्।

Published Date: 27 November 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली