इनड्राइभरले नेपालमा कानुन रुपमा दर्ताको प्रक्रिया थाल्यो

इनड्राइभरले  नेपालमा कानुन रुपमा दर्ताको प्रक्रिया थाल्यो : Icon Khabar

इनड्राइभरले नेपालमा कानुन रुपमा दर्ताको प्रक्रिया थालेको छ। पछिल्लो समय कम्पनीले नेपालमा कानुनी रुपमा दर्ता नगरी सेवा प्रदान गर्दै आएकोमा आलोचना हुन थालेपछि इनड्राइभरले दर्ताको प्रक्रिया थालेको जनाएको छ।

कम्पनीले नेपालमा सेवा सुचारु गरेदेखि पूर्ण रूपमा नियम कानून पालना गर्न सक्दो प्रयास गरिरहेका दाबी गरेको छ।

इनड्राइभरले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनीरुपमा संस्था दर्ता गराउने प्रक्रियामा रहेको जनाएको छ। कम्पनीले २०२२ सेप्टेम्बरमा विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाइ सकेको जानकारी दिएको छ। तर संस्था दर्ता प्रक्रियाले अपेक्षा गरेभन्दा बढी समय लिइरहेको कम्पनीको भनाइ छ।

चालकबाट कुनै कमिसन नलिएको कम्पनीले जनाएको छ। यसबाहेक इनड्राइभरले स्थानीय ड्राइभरहरूका लागि थप आम्दानीका अवसरहरू सृजना गरेर स्थानीय अर्थव्यवस्थालाई बढावा दिन मद्दत गरिरहेको कम्पनीको जिकिर छ।

इनड्राइभरले सुरक्षाको मामलामा सबैभन्दा धैरै प्राथमिकतामा राखेको जनाएको छ।

Published Date: 22 December 2022


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी