: Icon Khabar
A Covid patient being moved into a hospital in Beijing. Photo credit: Reuters

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको बताएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल र्‍यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताउनुभयो।

पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको छ । सन् २०२० देखि ‘शून्य कोभिड नीति’ जस्तो कडा स्वास्थ्य मापदण्ड अपनाएको चीनमा पछिल्ला केही दिनयता संक्रमण ह्वात्तै बढेको हो ।

राष्ट्रपति सी चिनफिङको ‘शून्य कोभिड नीति’ विरुद्ध नागरिक सडकमै प्रदर्शनमा उत्रिएपछि सरकार उक्त नीति फिर्ता लिन बाध्य भएको थियो । संक्रमणदर बढे पनि मृत्युदर भने नबढेको अधिकारीहरूले बताएका छन् । सोमबार र मंगलबार कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । बुधबार भने कोरोनाका कारण चीनमा कसैको मृत्यु भएको छैन ।

डाक्टर र्‍यान कोरोनाबाट बच्नका लागि खोप नै उपयुक्त उपाय भएको बताउनु हुन्छ । चीनले कोरोनाविरुद्ध आफ्नै खोप उत्पादन गरेको छ । विज्ञहरूले चिनियाँ खोप कम प्रभावकारी भएको हुन सक्ने आशंका व्यक्त गरिरहेका छन् । बुधबार मात्र जर्मन सरकारले चीनमा बायोएनटेक कोभिड खोप पठाएको थियो । सुरुमा २० हजार प्रवासीलाई चीनमा बायोएनटेक खोप लगाउने बताएको छ ।

चीनमा पहिलो पटक बाहिरबाट खोप पठाइएको हो । कति खोप पठाइएको हो भन्ने यकिन जानकारी सार्वजनिक भएको छैन । गत महिना चीन भ्रमणका क्रममा जर्मन चान्सलर ओलाफ स्कल्जले चिनियाँ नागरिकसहित सबैलाई खोप नि:शुल्क वितरण हुनुपर्नेमा जोड दिनुभयो ।

Published Date: 22 December 2022


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग