चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक

चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक : Icon Khabar

मिलन चाम्सको नवौं निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक भएको छ । सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ प्रशंसनीय छ ।

नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गरिने चाम्सले बताउनुभयो । उहा ‘गोर्खा वारियर’लाई गोर्खा सैनिकको एउटा इतिहास बोकेको फिल्म मानुहुन्नुहुन्छ । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि फिल्म बनाएको चाम्सको भनाई छ । टिजरले कार्यक्रममा प्रशंसा कमाएको थियो ।

फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा हुनुहुन्छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस फिल्मको निर्माता सुस्मिता वाइवा र सुमन राई हुनुहुन्छ।

प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुरेश राई रहनुभएको छ। नेपाल र मलेशियामा खिचिएको फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2022
Website | + posts