चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक

चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक : Icon Khabar

मिलन चाम्सको नवौं निर्देशित फिल्म ‘गोर्खा वारियर’को टिजर सार्वजनिक भएको छ । सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ प्रशंसनीय छ ।

नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको फिल्मको २०२३ मा बेलायतमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गरिने चाम्सले बताउनुभयो । उहा ‘गोर्खा वारियर’लाई गोर्खा सैनिकको एउटा इतिहास बोकेको फिल्म मानुहुन्नुहुन्छ । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि फिल्म बनाएको चाम्सको भनाई छ । टिजरले कार्यक्रममा प्रशंसा कमाएको थियो ।

फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा हुनुहुन्छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस फिल्मको निर्माता सुस्मिता वाइवा र सुमन राई हुनुहुन्छ।

प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुरेश राई रहनुभएको छ। नेपाल र मलेशियामा खिचिएको फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ ।

Published Date: 23 December 2022


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी