बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा, दुई भागमा रिलिज हुने

बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा, दुई भागमा रिलिज हुने : Icon Khabar

मुम्बई, कार्तिक २२ । बलिवुड चलचित्र निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ ।

चलचित्र दुई भागमा रिलिज हुने घोषणा गरिएको छ । पहिलो भाग २०२६ मा र दोस्रो भाग २०२७ मा दीपावलीको अवसरमा रिलीज हुनेछ ।

यस चलचित्रमा रणवीर कपुरलाई भगवान रामको भूमिकामा र दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा रहेकी छन् । त्यस्तै केजीएफ फेम अभिनेता यश चलचित्रमा रावणको भूमिकामा देखिनेछन् ।

चलचित्रको पहिलो पोस्टर सेयर गर्दै निर्माता नमिल मल्होत्राले लेखेका छन्– ‘मैले यो महाकाव्यलाई ठूलो पर्दामा ल्याउनको लागि ठूलो खोज सुरु गरेको छु । जसले ५००० वर्षभन्दा बढी समयदेखि अरबौं हृदयहरूमा शासन गरेको छ । म यसलाई सुन्दर ढंगले आकार दिइरहेको देखेर उत्साहित छु । हाम्रो टोलीको एउटै उद्देश्य छ, हाम्रो इतिहासको सबैभन्दा प्रामाणिक, पवित्र रूप, हाम्रो सत्य र हाम्रो संस्कृति हाम्रो रामायण संसारभरका मानिसहरूलाई प्रस्तुत गर्ने ।’

यो चलचित्र ५ सय करोडभन्दा बढीको बजेटमा बनाइने बताइएको छ । चलचित्रलाई मधु मन्टेना, अल्लु अरविन्द र नमित मल्होत्राले संयुक्त रुपमा निर्माण गर्नेछन् ।

चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा रिलिज गर्न निर्माता नमित मल्होत्राले अन्तर्राष्ट्रिय कम्पनी वार्नर ब्रदर्ससँग सम्झौता गर्ने प्रयास गरिरहेको बताइएको छ ।

चलचित्रमा हान्स जिम्मर र एआर रहमान जस्ता ओस्कर विजेता कलाकारहरू संगीत र पृष्ठभूमि स्कोरमा काम गरिरहेको जानकारी दिइएको छ । ओस्कार विजेता कम्पनी डिनेग चलचित्रको भिएफएक्समा काम गर्ने भएको छ । यो चलचित्र हिन्दी, तमिल र तेलुगु लगायत धेरै भाषामा रिलिज हुने बताइएको छ ।

Published Date: 07 November 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु