आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक१० । आज २०८१ कार्तिक १० गते शनिबार, तदअनुसार २६ अक्टोबर २०२४ । आज सुर्योदय बिहान: ६ः०९ बजे, सुर्यास्त साँझ: १७ः३० बजे ।

आजको राशिफल

मेष: पुराना रोग बल्झिन सक्ने छ । अप्रत्याशित खर्च बढ्न सक्छ । कसैसंग भनाभन हुन सक्छ । स्वाभिमानमा ठेस लाग्न सक्छ । जोखिमपुर्ण कार्य नगर्नु होला । कुनै पनि महत्वपूर्ण निर्णय सोच-विचार गरेर लिनु होला ।

वृष: पुराना रोग बल्झिने सम्भावना छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्ने छ । विवाद समाप्त हुनाले शान्ति एवं सन्तोष प्राप्त हुनेछ । सन्तानप्रति झुकाव बढ्ने छ ।

मिथुन: आम्दानीमा वृद्धि हुनेछ । लाभमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ ।

कर्कट: आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

सिंह: जागिरमा प्रभाव बढ्ने छ । शत्रुबाट सावधान रहनु होला । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ ।

कन्या: बनिसकेको काममा वाधा उत्पन्न हुन सक्छ । चिन्ता तथा तनाव रहने सम्भावना छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।

तुला: शत्रु पराजित हुनेछन् । सुखका साधनमा खर्च हुनेछ । धन लाभको अवसर हात आउने छ । ठूलो लाभ हुनसक्छ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । परीक्षा अथवा साक्षात्कार आदिमा सफलता पाइने छ । भाग्यको साथ रहने छ ।

वृश्चिक: कुनै मांगलिक कार्यमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । कुनै वरिष्ठ तथा प्रबुद्ध व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । व्यापारबाट लाभ हुनेछ । भाग्यको साथ पाइने छ ।

धनु: रचनात्मक कार्य सफल रहने छन् । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

मकर: मेहनत बढी हुनेछ । लाभको अवसर टर्नेछ । कुनै ठूलो वाधा उत्पन्न हुन सक्ने छ ।

कुम्भ: व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । ऐश्वर्यका साधननहरुमा खर्च हुनेछ । सुख–शान्ति रहने छ ।

मीन : आज भूमि अथवा भवन सम्बन्धि योजना बन्ने छ । बाहिरी सहयोग प्राप्त हुनेछ । परिवारमा सहयोगको वातावरण रहने छ ।

Published Date: 26 October 2024
Website | + posts




















ताजा
विकिनीमा प्रियंका कार्की, समुद्री तटबाट लेखिन्– ‘समुद्री किनारले बोलाइरहेको छ, म त जानैपर्छ’
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक