इजरायली आक्रमणमा मंगलबार थप २६ प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणमा मंगलबार थप २६ प्यालेस्टाइनीको मृत्यु : Icon Khabar

काठमाडौँ, असोज ३० । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा मंगलबार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ।

जबलिया शरणार्थी शिविरको अल–फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस शहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा पनि १० जना मारिएका छन्।

उनीहरूले मध्य गाजाको नुसेरात शिविरमा रहेको घरमा इजरायली बमबारीमा मारिएका थप पाँच जनालाई अल–अक्सा अस्पतालमा सारिएको उल्लेख गरेका छन्। प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली ट्याङ्कहरूले जबलिया शरणार्थी शिविरलाई लगातार ११ औं दिनसम्म घेराबन्दी गर्न जारी राखेका छन्। गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ३४४ पुगेको छ।

Published Date: 16 October 2024


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी