हर्क साम्पाङ बेलायत जाँदै, वडा अध्यक्षलाई दिए कार्यवाहक

हर्क साम्पाङ बेलायत जाँदै, वडा अध्यक्षलाई दिए कार्यवाहक : Icon Khabar

विराटनगर, असोज २९ । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् । आफू नफर्किउन्जेल साम्पाङले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् ।

Published Date: 15 October 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु