सलमान खानको परिवारद्वारा उनका साथीहरुलाई घरमा नआउन आग्रह

सलमान खानको परिवारद्वारा उनका साथीहरुलाई घरमा नआउन आग्रह : Icon Khabar

मुम्बई, असोज २८ । भारतीय नेता बाबा सिद्दीकीको हत्यापछि बलिउडसमेत शोकमा डूबेको छ । बाबा सिद्दीकी बलिउड अभिनेता सलमान खान र संजय दत्तका परममित्र थिए ।

बाबा सिद्दीकीको हत्याको जिम्मावारी ग्याङ्स्टर लोरेन्स बिश्नोई समुहले लिएपछि सलमानको सुरक्षा पनि बढाइएको छ ।

बाबा सिद्दीकीको हत्याले सलमानलाई समेत गहिरो चोट लागेको छ । सलमान केहि दिन एक्लै बस्न चाहन्छन् । सलमानको परिवारले उनका फिल्म क्षेत्रका साथीहरु र नजिकका आफन्तलाई सलमानलाई भेट्न घरमा नआउनका लागि आग्रह गरेका छन् ।

लोरेन्स विश्नोईबाट लगातार दिईएको धम्किबीच सलमान खानले आफ्ना साथी बाबा सिद्दीकीको अन्तिम यात्रामा सहभागि हुन पुगेका थिए । त्यहि क्रममा उनको अनुहारमा दु:ख स्पष्ट देखिएको थियो ।

सलमानले आफ्ना सबै निजि भेटघाट र सम्पूर्ण कार्यक्रम पनि रद्द गरिदिएका छन् । बाबा सिद्दीकी सलमान खानको साथी मात्र नभएर परिवारको एक सदस्य जस्तै थिए ।

Published Date: 14 October 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु