सलमान खानको परिवारद्वारा उनका साथीहरुलाई घरमा नआउन आग्रह

सलमान खानको परिवारद्वारा उनका साथीहरुलाई घरमा नआउन आग्रह : Icon Khabar

मुम्बई, असोज २८ । भारतीय नेता बाबा सिद्दीकीको हत्यापछि बलिउडसमेत शोकमा डूबेको छ । बाबा सिद्दीकी बलिउड अभिनेता सलमान खान र संजय दत्तका परममित्र थिए ।

बाबा सिद्दीकीको हत्याको जिम्मावारी ग्याङ्स्टर लोरेन्स बिश्नोई समुहले लिएपछि सलमानको सुरक्षा पनि बढाइएको छ ।

बाबा सिद्दीकीको हत्याले सलमानलाई समेत गहिरो चोट लागेको छ । सलमान केहि दिन एक्लै बस्न चाहन्छन् । सलमानको परिवारले उनका फिल्म क्षेत्रका साथीहरु र नजिकका आफन्तलाई सलमानलाई भेट्न घरमा नआउनका लागि आग्रह गरेका छन् ।

लोरेन्स विश्नोईबाट लगातार दिईएको धम्किबीच सलमान खानले आफ्ना साथी बाबा सिद्दीकीको अन्तिम यात्रामा सहभागि हुन पुगेका थिए । त्यहि क्रममा उनको अनुहारमा दु:ख स्पष्ट देखिएको थियो ।

सलमानले आफ्ना सबै निजि भेटघाट र सम्पूर्ण कार्यक्रम पनि रद्द गरिदिएका छन् । बाबा सिद्दीकी सलमान खानको साथी मात्र नभएर परिवारको एक सदस्य जस्तै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
Published Date: 14 October 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित