न्यूयोर्क जाँदै गरेको ‘एयर इन्डिया’को विमान बमको धम्कीले दिल्लीतर्फ डाइभर्ट

न्यूयोर्क जाँदै गरेको ‘एयर इन्डिया’को विमान बमको धम्कीले दिल्लीतर्फ डाइभर्ट : Icon Khabar

नयाँ दिल्ली, असाेज २८ । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको ‘एयर इन्डिया’को विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई एयरपोर्टले ‘एक्स’मा न्यूयोर्क जाने उडानमा बमको धम्कीको बारेमा सन्देश प्राप्त गरेको थियो। यो सन्देश दिल्लीका सुरक्षा एजेन्सीहरूलाई पठाइए लगत्तै विमानलाई दिल्लीतर्फ लैजान आग्रह गरिएकाे हाे । त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा साे विमान अवतरण गरिएको छ। विमानमा सवार सबै यात्रु सकुशल छन्।

यस्तै, प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

यसैगरी, एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि ‘जेकेएफ’ विमानस्थलका लागि उडेको ‘एआई-११९’ को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।

Published Date: 14 October 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु