न्यूयोर्क जाँदै गरेको ‘एयर इन्डिया’को विमान बमको धम्कीले दिल्लीतर्फ डाइभर्ट

न्यूयोर्क जाँदै गरेको ‘एयर इन्डिया’को विमान बमको धम्कीले दिल्लीतर्फ डाइभर्ट : Icon Khabar

नयाँ दिल्ली, असाेज २८ । मुम्बईबाट २३९ यात्रु बोकेर न्यूयोर्क जाँदै गरेको ‘एयर इन्डिया’को विमान सोमबार बिहान बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई एयरपोर्टले ‘एक्स’मा न्यूयोर्क जाने उडानमा बमको धम्कीको बारेमा सन्देश प्राप्त गरेको थियो। यो सन्देश दिल्लीका सुरक्षा एजेन्सीहरूलाई पठाइए लगत्तै विमानलाई दिल्लीतर्फ लैजान आग्रह गरिएकाे हाे । त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा साे विमान अवतरण गरिएको छ। विमानमा सवार सबै यात्रु सकुशल छन्।

यस्तै, प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

यसैगरी, एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि ‘जेकेएफ’ विमानस्थलका लागि उडेको ‘एआई-११९’ को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 October 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध