वि क्यान एजुकेशनल नेपालको सम्मान कार्यक्रम सम्पन्न

वि क्यान एजुकेशनल नेपालको सम्मान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असोज २० । वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले विश्व शिक्षक दिवस (अक्टोबर-५) को अवसरमा शिक्षण पेशामा संलग्न शिक्षकहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा पोषणविद् डा. दया लक्ष्मी जोशीले आफ्नो ४८ वर्षको शिक्षण अनुभव साझा गर्दै शिक्षा सफल हुनका लागि स्वास्थ्यको महत्त्वपूर्ण भूमिका रहने कुरा बताईन् । उनले शिक्षक र विद्यार्थीको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने, साथै खानपान र पौष्टिक आहारको महत्त्व पनि औंल्याउँदै उपस्थित सबैलाई उत्प्रेरित गरीन् ।

कार्यक्रममा वी क्यान एजुकेशनल नेपालका उपाध्यक्ष तथा क्रियटिभ विद्यालयका प्रधानाध्यापक बिश्वराम दुवालले स्वागत मन्तव्य दिएका थिए।

शैक्षिक रोसन पदकबाट सम्मानित हुने विद्यालयका शिक्षक-शिक्षिकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कोषाध्यक्ष तथा सिरिनकेन विद्यालयका निर्देशक कमल बहादुर सुवाल र सह-कोषाध्यक्ष आरक्षण विद्यालयका संस्थापक सरोज केसीले पनि आ आफ्नो मन्तव्य व्यक्त गरे।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र विजया दशमीको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो। वि क्यान एजुकेशनल नेपालका अध्यक्ष रत्न बहादुर राईले शिक्षक सम्मान कार्यक्रममा शिक्षकहरूको मनोबल वृद्धि भएको र यसले उनीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप प्रेरित बनाएको बताए।

शिक्षक सम्मान कार्यक्रम २०८१ मा सम्पूर्णको उपस्थितिले सफल भएको कुरा सम्पन्न भएको कार्यक्रम संचालक पाथीभरा एकेडमी विद्यालयका प्रध्यानाध्यापक तथा वि क्यान एडुकेसन नेपालका सचिव रमेश प्रसाद सिटौलाले बताए।

Published Date: 06 October 2024


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली