‘धूम’ को सिक्वेल ‘धूम–४’ मा रणबीर कपूर खलनायकको भूमिकामा देखिने

‘धूम’ को सिक्वेल ‘धूम–४’ मा रणबीर कपूर खलनायकको भूमिकामा देखिने : Icon Khabar

मुम्बई, असोज १७ । बलिउडको सुपरहिट फिल्म ‘धूम’ को सिक्वेल ‘धूम–४’ को ताजा अपडेट बाहिरिएको । यो फिल्मका लागि कथा लेखेका विजय कृष्ण आचार्य अर्थात भिक्टरले नै फिल्मलाई निर्देशन गर्ने भएका छन् ।

फिल्मको अर्को रमाइलो कुरा के छ भने यो फिल्ममा अभिनेता रणबीर कपूर भिलेनको भूमिकामा देखिने भएका छन् ।

त्यसो त फिल्म धूमका पछिल्ला तीन वटा सिक्वेलको कथा पनि विजयले नै लेखेका थिए भने एउटामा निर्देशन पनि गरेका थिए । त्यहि कारणले गर्दा पनि ‘धूम–४’ को कथा र निर्देशन दुवै विजयकै रहने भएको हो ।

रणबीर कपूरलाई खलनायकको भूमिकामा देखिने कुराले अहिले फ्यानहरुको उत्सुकता अझ बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2024
Website | + posts
ताजा
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
योमारी पुन्हीको अवसरमा भक्तपुरमा ‘योमारी पुन्ही म्युजिक फेस्टिभल–२०८२’ सम्पन्न
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान, अहिले अपरान्ह ४ बजे बालुवाटारमा बस्ने
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने


ट्रेन्डिङ
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
आइतबार नेप्से परिसूचक ३०.०२ अंकले घट्यो
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न